IME Life New

जनरल इन्स्योरेन्सको अर्धवार्षिक मार्केटिङ सम्मेलन सम्पन्न, हल्लाको पछि नलागी बजार विस्तार गर्न आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले फागुन १९,२० र २१ गते पोखराको होटेल एल्लो प्यागोडामा अर्धवार्षिक मार्केटिङ कन्फ्रेन्स २०७८ सम्पन्न गरेको छ । कार्यक्रममा देशैभरका बजार विभागका कर्मचारीहरु, उच्च व्यवस्थापक तथा संचालक सदस्यहरुको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रममा शाखा कार्यालयहरुको बिगत बर्षहरुको समिक्षा, कार्यप्रगति, समस्या र त्यसका समाधान र आगामी बर्षका रणनितिक योजनाहरुका विषयमा छलफल भएको छ । उक्त कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कम्पनीका सहायक महाप्रबन्धक मुनिन्द्र ठाकुरले गरेका थिए । पोखरा शाखा प्रमुख शिब प्रसाद देवकोटाले स्वागत मन्तव्य दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले अध्यक्षता ग्रहण गरेका थिए भने सञ्चालक द्धय ज्ञानेश्वर आचार्य र अमृत बन्जाडेको प्रमुख आतिथ्यतामा तीन दिनसम्म सभा संचालन गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट शाखा र उत्कृष्ट बजार कर्मचारीलाई सम्मान सहित ताम्र पत्र प्रदान गरेको थियो I सञ्चालक ज्ञानेश्वर आचार्यले कार्यक्रम राम्रो भएको उल्लेख गर्दै शाखा कार्यलयहरुको समिक्षा सकेसम्म त्रैमासिक अवधिमा सम्पन्न गर्न सुझाव दिएका थिए ।  बजारमा गरिएका अनावश्यक हल्लाहरुको पछि नलाग्न र दत्त चित्त भई कम्पनीको योजना र उद्धेश्यमा अघि बढ्नको लागि हौसला प्रदान गरेका थिए ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरस्कृत शाखा तथा कर्मचारी हरुलाई बधाई दिदै सम्पूर्ण शाखाका कर्मचारीहरुलाई उच्च मनोबल राखी, हल्लाको पछि नलागी, अनुसाशित रुपले उत्कृष्ट कार्यसम्पादन गर्नु पर्नेमा जोड दिनुका साथै कम्पनीको लक्ष्यमा पुग्नको लागि अहोरात्र खट्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS