IME Life New

छत्रेश्वरी गाउँपालिकामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको छत्रेश्नरी गाउँपालिका २ दहखोलामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धि कार्यक्रम संचालन गरेको कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

कृषकलाई बीमाको दायरामा ल्याउन बीमा कम्पनीको मात्र एक्लो प्रयासले सम्भव नहुने भएकोले स्थानीय सरकारले पनि केही जिम्मेवारी बोध गर्न सके सबैले कृषि बीमाबाट लाभ लिन सक्ने कम्पनीका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

Esewa
Crest

कार्यक्रममा छत्रेश्वरी गाउँपालिका वडा नं २ का अध्यक्ष प्रेम बहादुर नेपालीले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताए । उनले आफ्नो वडा मातहतका सबै कृषकलाई आफ्नो तर्फ बाट आवश्यक सहजीकरण समेत गर्ने बताएका छन् ।

यस्ता सचेतना मूलक कार्यक्रम बेला बेला हुनुपर्ने र यस्तो महत्वपूर्ण कार्यक्रम संचालन गरेकोमा एनएलजी इन्स्योरेन्स कम्पनी परिवारलाई बिशेष धन्यवाद समेत दिए ।

कार्यक्रम एनएलजी इन्स्योरेन्स कम्पनी सल्यान शाखाको शाखा प्रमुख अनुराग बोहराको अध्यक्षतामा सम्पन भएको थियो । एनएलजी इन्स्योरेन्स श्रीनगर शाखाको प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका सम्पुर्ण लाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

साथै एनएलजी इस्न्योरेन्स सल्यान शाखाको तर्फ बाट कृषकलाइ सहजीकरण सम्बन्धमा आफू अहोरात्र तमतयार रहेको प्रष्ट पार्नुको साथै अभ्यासमा गरिदै आएका छिटो छरितो र झन्झट मुक्तका केही उदाहरण पनि दिए ।

बोहराले कार्यक्रममा स्वागत मन्तव्य सङ्गै कार्यक्रम आयोजना गर्नुको उद्देश्य, कृषि तथा पशुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशुपन्छी बीमाको बारे प्रष्ट पारेका थिए ।

उक्त कार्यक्रमको संचालन सञ्चारकर्मी चुडामणि पिएमले गरेका थिए । कार्यक्रममा वडाका वडा अध्यक्ष, स्थानीय शिक्षक तथा कृषक समुहका प्रमुख अनि वडाको विभिन्न टोलबाट प्रतिनिधित्व गरेर आएका लगायत ३९ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS