IME Life New

चितवनमा गार्डियन माइक्रो लाइफले विस्तार गर्यो पाँचौं शाखा कार्यालय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चितवनमा आफ्नो पाँचौं शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा कार्यालय चितवनको भरतपुरमा उद्घाटन गरिएको हो । उक्त नयाँ शाखा कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, प्रमख अतिथी भरतपुर महानगरपालिकाका उप–मेयर चित्रसेन अधिकारी र विशेष अतिथी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा कम्पनीका सीईओ भण्डारीले लघु बीमाको महत्वको बारेमा आफ्नो धारण तथा कम्पनीबाट दिइने सम्पूर्ण सेवाहरु उपलब्ध यस शाखाबाट दिइने जानकारी गराए ।

Esewa
Crest

त्यस्तै, कम्पनीका मार्केटिङ हेड कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले चितवनमा पनि शाखा विस्तार गरेको बताए ।

साथै, पेपरलेस तरिकाले डिजिटल प्रविधीको प्रयोग गरी बीमा सुविधा प्रदान गरिने देवकोटाले बताए । वार्षिक १३१ रूपैयाँमा १ लाख बराबरको बीमा सुरक्षा प्राप्त गर्न सकिने जानकारी दिदै देवकोटाले गरिब, सिमान्तकृत र न्यून आय भएका वर्गलाई आर्थिक सुरक्षा प्रदान गर्नु कम्पनीको मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।

कार्यक्रममा उप–मेयर अधिकारीले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शाखा विस्तार गर्दा सो क्षेत्रका स्थानीयले ससानो रकम जम्मा गरि बीमा गर्ने विश्वास ब्यक्त गरे । साथै उनले बीमाको पहुँचबाट टाढा रहेका न्यून आय भएका व्यक्ती, गरीबीको रेखामुनी रहेका वर्ग, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा उपलब्ध गराउन भरतपुर महानगरले आवश्यक समन्वय गर्ने कुराको पनि उल्लेख गरे ।

भरतपुर महानगरपालिकाका उप–मेयर चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, नेपाल इन्स्योरेन्स प्रोफेस्नल सोसाइटी चितवनको अध्यक्ष भरत मल्ल, चितवन यातायात व्यवसायी सघंका उपाध्यक्ष कमल तिवारी, प्रजातान्त्रिक फार्मेसी सघंको केन्द्रिय अध्यक्ष सुदिप राज सुवेदी लगायतले कम्पनीलाई सफतताको शुभकामना दिँदै सहज र सरल किसिमले सेवा प्रदान गर्न आग्रह गरे ।

उक्त कार्यक्रम कम्पनि सचिव रामप्रसाद पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS