IME Life New

घोराही सिमेन्टको आइपीओमा करिब ३ लाखको पर्यो आवेदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गते बिहीबारदेखि निष्काशन गरेको आइपीओमा करिब ३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ः०५ बजेसम्ममा २ लाख ८८ हजार ४५६ जना आवेदकबाट ४ अर्ब २६ करोड ४० लाख ७० हजार १०० रुपैयाँ बराबरको ९८ लाख २ हजार ४६० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको २० प्रतिशत अर्थात ७९ करोड ४३ लाख ८० हजार १०० रुपैयाँ बराबरका ९७ लाख ४३ हजार ८०१ कित्ता शेयर मध्ये ५ प्रतिशतले हुन आउने ३ करोड ९७ लाख ९१ हजार रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँमा ३०० थप गरी प्रतिशेयर ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिसकेको छ ।

Crest

यस्तै १० प्रतिशतले हुन आउने ७ करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको अंकित मूल्य १०० मा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिशेयर ४३५ रुपैयाँका दरले ७ लाख ५४ हजार ६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ ।

सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता र कर्मचारीहरुलाई ५ प्रतिशत अर्थात ३ लाख ७७ हजार ३३१ कित्ता शेयर छुटाएको थियो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ७७ हजार २९० कित्ता, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ६ लाख ६ हजार ३५० कित्ता शेयर, सामुहिक लगानी कोषलाई ३ लाख २८ हजार ९६१ कित्ता शेयर र कम्पनीका कर्मचारीहरुलाई १९ हजार ५३० कित्ता शेयर बाँडफाँड गरे पश्चात बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्ता शेयर सहित ६९ लाख ११ हजार ६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशनमा ल्याएको हो ।

कम्पनीले निष्काशन गरेको आइपीओमा माग भन्दा बढी आवेदन परेकोले असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मुल्य सहित प्रतिकित्ता ४३५ रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपाल नेपाल लिमिटेडले केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमताको मध्यम आधार रहेको जनाउँदछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेका छन् । यस्तै प्रत्याभुतिकर्तामा भने नागरिक लगानी कोष रहेको छ ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

30%

अचम्मित

0%

उत्साहित

10%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS