IME Life New

गुल्मी महोत्सवमा सहभागी र सम्पत्तिको बीमा नेको इन्स्योरेन्समा, २ करोडसम्मको जोखिम बहन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुल्मी । चौथो गुल्मी महोत्सवमा उपस्थित हुने सबै सहभागी र सम्पत्तिको बीमा हुने भएको छ । महोत्सव आयोजक गुल्मी उद्योग वाणिज्य संघले महोत्सवमा सहभागी हुने अतिथी, कलाकार तथा दर्शकको सामुहिक दुर्घटनाबीमा तथा महोत्सवका लागि निर्माण भएको मञ्च, स्टल तथा सम्पूर्ण सम्पत्तिको बीमा निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडमा गरिदिएको हो ।

महोत्सव अन्तर्गत प्रादेशिक व्यापार एवं औद्योगिक मेला गुल्मीको सदरमुकाम तम्घासमा चैत्र २५ गतेदेखि बैशाख ४ गतेसम्म संचालन हुदैछ । महोत्सवमा ८० हजार दर्शक, एक सय भन्दा धेरै जना अतिथी तथा सयभन्दा बढी कलाकार सहभागी हुने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा २३५ स्टल रहेका छन्।

Esewa
Crest

ति सबैको सुरक्षाको लागि निर्जीवन बीमा बजारमा २६ बर्ष देखी सेवा दिदै आएको नेको इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी उपशाखा कार्यालयबाट प्रति व्यक्ति १ लाख सम्मको दुर्घटना उपचार बीमा, ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा र एक करोडको सम्पत्ति बीमा जोखिम बहन गरिएको छ ।

नेको इन्स्योरेन्स लिमिटेडले समाज प्रति आफ्नो उत्तरदायित्व महसुश गर्दे समाजका विभिन्न क्षेत्रमा सहयोग समेत गर्दे आएको छ । कम्पनीले दावीलाई बिशेष प्रथामिकताका साथ हेर्ने गरेको छ । आफ्ना ग्रहाकहरुले आवश्यक कागजात पेश गरेको एक हप्ता भित्रमै दाबी भुक्तानी गरेको कम्पनीका क्षेत्रीय प्रबन्धक रमेश बहादुर थापाले जानकारी दिए । उनले आफ्ना कर्मचारीहरुलाई दाबी प्रक्रियामा कुनै बिलम्ब नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS