IME Life New

गार्डियन माइक्रो लाइफको आइपीओ पहिलो दिनै ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासनको पहिलो दिनै साढे तीनगुणाले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आज पुस २१ गते आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

Esewa
Crest

सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।

आइतबारदेखि कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो। सीडीएससीको तथ्यांकअनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीको आइपीओमा ४ लाख ४८ हजार ५६९ जनाले ६३ लाख ३० हजार ८०० कित्ता शेयर खरिद आवेदन दिएका छन्। यो भनेको मागभन्दा ३.४३ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

सर्वसाधारणका लागि जारी आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सक्छन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्।

गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS