IME Life New

गार्डियन माइक्रो लाइफको एजीएमबाट आइपीओ ल्याउने प्रस्ताव पारित, पाँच सञ्चालक निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा (एजीएम)बाट आइपीओ ल्याउने प्रस्ताव पारित भएको छ।

Esewa
Crest

कम्पनीको आज विराटनगरस्थित होटेल एयरपोर्टमा सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणमा सेयर जारी गर्ने (आइपिओ) प्रस्ताव पारित गरेको हो। यसका साथै सर्वसाधारणमा शेयर जारी गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्त्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत पारित भएको छ।

सभाले आगामी चारवर्षे कार्यकालका लागि संस्थापक शेयधनीहरुका तर्फबाट उदिप श्रेष्ठ, डा. जयप्रकाश जयसवाल, उदयनारायण भट्टराई, सीए त्रिशिला झुनझुनवाला र स्वतन्त्र विज्ञ सञ्चालकमा प्रमोदप्रसाद भट्टराई नियुक्त गरेको छ।

अध्यक्ष उदीप श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण अनुमोदन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS