IME Life New

क्लियरिङ हाउसलाई साफा सर्टिफिकेट अफ मेरिट प्रदान गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लाई साफा बेस्ट प्रिजेन्टेड एन्युल रिपोर्ट अवार्डसु अन्तर्गत सन् २०१८ का लागि सार्वजनिक क्षेत्रको विधातर्फ सर्ट्फििकेट अफ मेरिटु प्रदान गरिने भएको छ।

दक्षिण एशियाली राष्ट्रहरुबाट सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनका आधारमा दक्षिण एसिया लेखामान महासंघ (साफा)समितिद्वारा पुरस्कृत गर्न लागिएको हो । पारदर्शितामा सुधार, उत्तरदायित्व तथा गभर्नेन्सलाई मूल्यांकन गरेर प्रदान गर्न लागिएकोे यो अवार्ड बंगलादेशमा आगामी ३० नोभेम्बरमा हस्तान्तरण हुनेछ ।

Esewa
Crest

यसअघि एनसीएचएलद्वारा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनले नेपाल चार्टर्ड एकाउन्टटेन्ट संस्था (आईक्यान)द्वारा संचालित बिपिए अवार्डमा दोस्रो स्थान हासिल गरेको थियो। त्यसपछि यो वार्षिक प्रतिवेदनलाई आईक्यानले सार्क क्षेत्रभरि मुल्याकंनका लागि साफामा पठाएको थियो।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू लगायत स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको एनसीएचएल ईसिसि, एनसीएचएल आईपिएस र कनेक्ट आईपिएस ईपेमेन्ट प्रणाली सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS