IME Life New

क्रेस्ट माइक्रो लाइफसहित दुई कम्पनीले पाए आइपीओ अनुमति, कसको कित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्ससहित दुई कम्पनीले आइपीओ अनुमति पाएका छन्।

सेबोनले पुस ३ गते क्रेस्ट माइक्रो लाइफ र ओम मेगाश्री फर्मास्युटिकल्सलाई आइपीओ अनुमति दिएको हो। क्रेस्ट माइक्रो लघु जीवन बीमा कम्पनी हो भने ओम मेगाश्री फर्मास्युटिकल्स औषधि उत्पादन तथा प्रशोधनसँग सम्बन्धित कम्पनी हो।

Esewa
Crest

अब क्रेस्ट माइक्रो लाइफले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको साधारण शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता शेयर बिक्री खुला गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। जुन बीमा नियामक बीमा प्राधिकरणले लघु बीमकका लागि तोकेको न्यूनतम चुक्तापुँजी हो।

क्रेस्ट माइक्रो लाइफको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

यसैगरी ओम मेगाश्री फर्मास्युटिकल्सले पनि चुक्तापुँजी ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको साधारण शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख कित्ता शेयर बिक्री खुला गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS