IME Life New

क्रेस्ट माइक्रो लाइफको नाफा पौने १२ लाख बढी, कुल बीमाशुल्क आर्जन डेढ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ११ लाख ८५ हजार रुपैयाँ र दोस्रो त्रैमासमा भने यो कम्पनीले ६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यो ६ महिनामा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। दोस्रो त्रैमासमा मात्रै यो कम्पनीले १ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो त्रैमासमा मात्रै कम्पनीले १ करोड ३२ लाख खुद बीमाशुल्क आर्जन गरेको छ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ५ लाख ५६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ५० लाख ६७ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा  कम्पनीको महाविपत्ति कोषमा ४ लाख ९३ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ३९ लाख ५१ हजार रुपैयाँ थियो। अन्य इक्विटीमा भने ५५ हजार ६४३ रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ५० करोड १० लाख रुपैयाँ लगानी गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा  कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ लगानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS