IME Life New

क्रेस्ट माइक्रो लाइफको आइपीओमा अचाक्ली आकर्षण, कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आज माघ १७ गते बिहानसम्म करिब साढे ३ गुणा आवेदन परेको छ।

कम्पनीले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालका लागि आइपीओ जारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँबराबर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर जारी गर्नेछ।

Esewa
Crest

कम्पनीले पहिलो चरणमा कुल निष्कासनको १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबर अर्थात २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो।

सीडीएससीका अनुसार आज बिहान १० बजेसम्म क्रेस्ट माइक्रो लाइफको आइपीओमा २७ हजार २५४ आवेदकबाट ७ लाख ६९ हजार २५० कित्ता शेयर माग भएको छ। जुन मागभन्दा ३.४२ गुणाले बढी हो।

अब यो आइपीओ पनि अब गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

लगानीकर्ताले यो आइपीओमा न्यूनतममा १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयर खरिद आवेदन दिन सक्नेछन्। आवेदन माघ २९ गतेसम्म बैंकिङ समयसम्म दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS