IME Life New

क्रेष्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले लिए सपथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष आज सपथ ग्रहण गरेका हुन्।

गत चैत ५ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट मोर संस्थापक शेयरधनी समूहबाट सदस्यमा निर्विरोध निर्वाचित भएका थिए। सोही सभापछि बसेको सञ्चालक समितिको बैठकले मोरलाई अध्यक्षमा नियुक्त गरेको थियो।

Esewa
Crest

सभाले संस्थापक समूहबाट मोरसहित मृदुला सरिया, रोहित करण बैध र विदुर पुरी कम्पनीको सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको थियो। साथै, यसअघि नै स्वतन्त्र सञ्चालकमा पवित्रलाल चुकेलाई गरिएको नियुक्तिलाई सभाले स्वीकृति प्रदान गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS