IME Life New

कोरोना बीमा गर्नेको संख्या पाँच लाख नजिक, साढे २६ करोड बीमा शुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको पहलमा बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमामा सर्वसाधारणको आकर्षण बढ्ने क्रम जारी छ । हालसम्मको तथ्याङ्क अनुसार कोरोना बीमा गर्नेको संख्या झण्डै पाँच लाख अर्थात चार लाख ८२ हजार ५५७ पुगेको छ । बीमा पुलबाट प्राप्त उक्त तथ्याङ्कमा केही कम्पनीहरुको विवरण अद्यावधिक गर्दा पाँच लाख नाघ्ने बीमा पुलले जनाएको छ ।

हालसम्मको तथ्याङ्क अनुसार २६ करोडभन्दा बढि बीमा शुल्क संकलन भइरहेको छ । कोरोना बीमा गर्ने काममा शिखर इन्स्योरेन्सले मात्रै झण्डै पाँच करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले दुई करोड ४१ लाख, सगरमाथा दुई करोड पाँच लाख, एनएलजी एक करोड ४८ लाख, हिमालयन एक करोड४६ लाख, अजोड एक करोड ६६ लाख, आईएमई जनरल इन्स्योरेन्स एक करोड २८ लाख, एभरेष्ट एक करोड १२ लाख, नेको एक करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

कोरोना बीमा पुलमार्फत लघुबीमाको अबधारणामा सञ्चालित बीमा योजना हो । यसको जोखिम र बीमा शुल्क सबै कम्पनीलाई बराबर हिस्सामा बाँडफाँड हुने गरी सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS