IME Life New

कोरोना प्रतिरोधात्मक क्षमता बढाउन यी हुन उपाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता बलियो भयो भने विभिन्न रोगसँग लड्न सक्छौँ । प्रतिरोधी प्रणालीले विभिन्न रोग तथा ब्याक्टेरियाविरुद्ध लड्न मद्दत गर्छ । हामीले आफू स्वस्थ्य रहन रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक छ । यसका लागि स्वस्थ्य खानपान मात्र होइन, स्वस्थ्य जीवनशैली अपनाउन पनि उत्तिकै आवश्यक छ।

रोग प्रतिरोधात्मक क्षमता उमेरअनुसार फरक पनि पर्छ। शरीर बूढो हुँदै गएपछि अलि कमजोर हुँदै जाने हुन्छ। तर उचित खानपान, व्यायाम, पर्याप्त निद्रा, सकारात्मक सोच तथा आत्मबलले पनि यो क्षमता कायम राख्न सहयोग पुर्याउँछ। रोगले जनसुकै उमेरकालाई पनि समात्न सक्छ। तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बलियो छ, अरु रोगबाट ग्रसित छैन भने उनीहरुलाई रोगले त्यति च्याप्न सक्दैन। मधुमेह, थाइराइड, दमका रोगीले आफ्नो खानपान तथा जीवनशैलीमा ध्यान दिनुपर्छ।

Esewa
Crest

रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। अहिलेसम्म यसको उपचारका लागि औषधि पत्ता लागेको छैन। कोभिड–१९ को संक्रमणको जोखिम न्यूनीकरणका लागि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै महत्वपूर्ण हुन्छ। कोभिड–१९ ले दीर्घरोगीहरुलाई बढी सताएको तथ्यांक छ। त्यसैले आफ्नो दैनिकी तथा खानपानमा ध्यान दिन जरुरी छ।

त्यसैले आफू स्वस्थ्य तथा प्रतिरक्षा प्रणाली बलियो पार्न दैनिकी परिवर्तन गर्नुपर्ने हुन्छ। स्वस्थ्य जीवनशैली कसरी अपनाउने र स्वास्थ्य जीवनशैली अपनाएको खण्डमा तपाईंले प्राकृतिक रुपमै आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो तथा स्वस्थ्य बनाउन सक्नुहुन्छ। के गर्ने, के नगर्ने रु धूमपान नगर्ने। नियमित व्यायाम गर्ने।

आहारविहारमा तरकारी तथा फलफूलको मात्रा बढाउने। तौल सन्तुलनमा राख्ने। मद्यपान नगर्ने, गरे पनि एकदम थोरै मात्रामा गर्ने। पर्याप्त निद्रा तथा आराम गर्ने। सकारात्मक सोच्ने। तनाव नलिने। संक्रमण हुन नदिन साबुन पानीले हात धुने। कस्ता खानेकुरा खाने सरकारले अहिले लकडाउन गरेको अवस्था छ। घरबाहिर पनि निस्कन पाइँदैन।

केहीसँग घरमै भएको खानेकुरा होला। बजारका खानेकुराभन्दा घरमै बनाएका खानेकुरामा अझ बढी पौष्टिक तत्व पाइन्छ। त्यसैले घरमै रहेका खानेकुरालाई राम्ररी बनाएर खायौँ भने स्वस्थ्य भइन्छ। खानेकुराले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने हुनाले स्वस्थ्य आहारविहार गर्नुपर्छ। प्रोटिन, खनिज पदार्थ, कार्बोहाइड्रेट , चिल्लो पदार्थ, भिटामिनहरुको मात्रा पुर्‍याएर सन्तुलिन भोजन गर्नुपर्छ। शरीरमा क्यालोरी भएन भने शरीर कमजोर बन्दै जान्छ।

भिटामिन सी अहिले बजारमा धेरैले भिटामिन सीका औषधिहरु खोजिरहेका छन् तर प्राकृतिक खानेकुरामा पाइने भिटामिन सी अझ फाइदाजनक र लाभदायक हुन्छ। यसका लागि अमला खाने, कागती पानी खाने, किवी, जुनार, मेवा, हरियो तरकारी, सागहरु खानेकुरा खानुपर्छ।

भिटामिन डी रोग प्रतिरोधात्मक क्षमता बढाउन भिटामिन डी पाइने खानेकुराहरु खानुपर्छ। भिटामिन डी हामीले घाममा पाउन सक्छौँ।

भिटामिन ई भिटामिन ईलाई छालाको लागि राम्रो भिटामिनको रुपमा मानिन्छ। गाढा रंगको हरियो सागपात सबै यसमा आउँछन्। सूर्यमुखीको बियाँ, ओखर, बदाम, एभोकाडो, ब्रोकाउली, पालुंगोमा भिटामिन ई पाइन्छ। भिटामिन बी ६ यसले रक्क्तकोषिकाको उत्पादन गर्छ। रगतसम्बन्धी रोग भएका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ। त्यस्ता व्यक्तिले दूध, सखरखण्ड, पिस्ता, चना, केराउ, तोफु खानु राम्रो हुन्छ। रक्तकोषले काम गरेन भने कुनै पनि पौष्टिक तत्वले काम गर्दैन। त्यसैले यो एकदम आवश्यकता हुन्छ।

भिटामिन बी १२ भिटामिन बी १२ विशेषगरी मांशाहारी भोजनमा पाइन्छ। माछा, मासु, अण्डा, दूध र दूधजन्य पदार्थमा यो भिटामिन पाइन्छ। यसले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। भिटामिन बी १२ को कमीले रक्तअल्पता हुने सम्भावना रहन्छ।

मिनिरल अर्थात खनिज पदार्थ शरीरको प्रतिरोधात्मक क्षमता बढाउनका लागि खनिज पदार्थ भएका खानेकुरा पनि नियमित रुपमा खानुपर्छ। आल्मोन्ड, फर्सीको बियाँ, ओखर, बदाममा धेरै मात्रामा खनिज पदार्थ पाइन्छ। प्रोटिन बदाम, काजु, चना, टुसा उमारिएको गेडागुडीमा प्रशस्त प्रोटिन पाइन्छ। दाल, अन्डा, माछामासुबाट पनि प्रोटिन प्राप्त गर्न सकिन्छ। तर यसले संक्रमण गराउन सक्ने हुनाले विचार पुऱ्याएर खानुपर्छ। खानै परे एकदम मज्जाले पकाएर मात्र खानुपर्दछ। शरीरमा कुनै रोग छ भने चिकित्सक र पोषणविद्को सल्लाहमा मात्रै बढी प्रोटिन भएका खानेकुराहरु खाने गर्नुपर्छ। प्रोबायोटिक खानाहरु प्रोबायोटिक खानाले पाचन शक्तिलाई एकदमै राम्रो गराउँछ तथा पाचनप्रणालीलाई सुुचारु गर्छ।

दही, चिज, गुन्द्रक आदिले पाचन शक्तिलाई राम्रो गर्छ।  लसुन, अदुवा, बेसार, पानीमा यी तत्व पाइन सक्छन्। गेडागुडी तथा दाल प्रायस् सबैको घरमा उपलब्ध हुन्छ।

दैनिक खानेकुरामा पोषिलो, झोलिलो सुपहरु बनाएर खाने गर्नुपर्छ। तातो झोलले शरीर तातो बनाउँछ, जसले गर्दा हत्तपत्त रुघाखोकी लाग्दैन। सुपबाट पाइने भिटामिन, आइरनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।त्यसैगरी दैनिक रुपमा व्यायाम, योगाजस्ता शारीरिक अभ्यासलले पनि मनलाई शान्त र चिन्तामुक्त बनाउन मद्दत गर्छ। यसले पनि शरीरको  प्रतिरक्षा प्रणाली बलियो बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS