IME Life New

कोभिड–१९ विरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेकपा एमालेका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् ।

‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भने– दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’ खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालले अपिल गरेको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले नेपाललाई ८ लाख डोज खोप सहयोग गरेकोमा चीनलाई धन्यवाद पनि दिए ।

Esewa
Crest

उनले कोरोना महामारी लगत्तै नेपाल लगायत विश्वका बिभिन्न देशमा चीनले खेलेको भूमिका संसारकै लागि अनुकरणीय रहेको भन्दै प्रशंसा गरेका छन् । कोरोनाविरुद्वको सामूहिक र दृढतापूर्वक लडाईंले मात्र महामारी नियन्त्रण सम्भव रहेको उपप्रधानमन्त्री पोखरेलको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS