IME Life New

कोभिड परिक्षण गर्ने प्रयोगशालालाई सात दिनभित्र संक्रमितको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीका लागि कोभिड १९ परिक्षणको रिपोर्ट चेक जाच गर्ने वेलामा समस्या आएको भन्दै सम्पुर्ण प्रयोगशालालाई ७ दिन भित्रमा संक्रमितको विवरण पेश गर्न निर्देशन दिएको छ।

कोरोना बीमाको दाबी प्रयोजनका लागि सञ्चालित प्रमाणिकरण टोलिले अहिलेसम्म १५ हजार भन्दा धेरै विवरण प्रमाणिकरण गरिसकेको छ। मन्त्रालयमा अहिलेसम्म १८ हजार वटा विवरण पुगेका छन् तर तीन हजारको विवरण प्रमाणिकरण हुन सकेको छैन।

Esewa
Crest

प्रमाणकरणका क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परिक्षणको मिति नमिलेको पाइएकोले नेपाल सरकार सचिवस्तरको निर्णयले तीन वुदे निर्देशन जारी गरेको छ। कोभिड परिक्षण गर्न अनुमति पाएका प्रयोगशालहरुले राष्ट्रिय परिक्षण मापदण्ड अनुसार परिक्षण गरि तोकिएको ढाँचमा दैनिक २४ घण्टा भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतका निकायहरुमा पठाउनु पर्नेमा सो अनुसार नभएको पाइएको मन्त्रालयले जनाएको छ। त्यसैले ७ दिन भित्रमा आजभन्दा अगाडिको मितिमा परिक्षण गरिएको तर तोकिए अनुसार विवरण पठाउन छुट भएका विवरणहरु तोकिएको ढाँचामा अलग्गै एक्सेल सिटमा अनिवार्य पठाउन मन्त्रालयले निर्देशन दिएको छ।

यसरी तोकिएको बमोजिमको समयभित्र र ढाँचामा ति विवरणहरु उपलब्ध नभएका कोरवना बीमा दाबी प्रमाणिकरणका लागि अगोग्य ठहरिने भएको छ। यसबाट बीमित वर्षमा पर्न जाने कठिनाइ प्रति सम्बन्धित प्रयोगशालाहरु नै जिम्मेवार हुनु पर्ने मन्त्रालयले उल्लेख गरेको छ। अवका दिनमा नियमित रुपमा तोकिए अनुसार रिपोर्टिङ नगरिएको पाइएमा ति प्रयोगशालाहरुको सम्बन्धन खारेज गरि नियमअनुसार कारवाही समेत गरिने मन्त्रालय उल्लेख गरेको छ।

केहि व्यक्तिहरुको विवरणहरु कोभिड १९ परिक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा रिपोर्टिङ हुने गरेको समितिले जनाएको।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS