IME Life New

किङ्स लाउन्ज पोखरामा कोरोना नियन्त्रणका लागि उच्च शतर्कता, थर्मल स्क्यानरबाट परीक्षण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च सतकर्ता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेशद्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ ।

लाउन्जले आफ्ना ग्राहकहरुमा कोरोना संक्रमण नहोस भनेर थर्मल स्क्यानरका साथै लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे पनि प्रयोगमा ल्याएको किङ्स लाउन्ज पोखराका अध्यक्ष वशन्त गौचन थकालीले जानकारी दिए । उनले लाउन्जमा आउने ग्राहकको थर्मल स्क्यानीङ गरेर किटाणु नासक स्यानीटाइजर स्प्रे लगाएर मात्र लाउन्जमा प्रवेश गराईने बताए ।
लाउन्जमा यहि चैत्र ८ गते शनिबार साँझ ब्रिजेश, विजेन र वियोन ब्यान्डको लाइभ कन्सर्टको कार्यक्रम समेत राखेको छ । आगामी चैत्र ३० गते द एक्स ब्याण्डको लाइफ कन्र्सट आयोजना गर्ने लाउन्जले जनाएको छ ।

Esewa
Crest

शिवरात्रीको अवसरमा लाउन्जमा नेपालका सांगितिक क्षेत्रका हस्तीहरु ईश्वर गुरुङ्ग (नमस्ते ब्याड), संगितकार तथा गितकार दीप श्रेष्ठ, सुबर्ण लिम्बू, गायक गंगा बरदान, यम बराल, अमर गुरुङ्ग, १९७४ एडीका निराकर, एडिन प्रधान, मनोज के.सी.का साथै अमेरिकन पिस पिट ब्यान्ड (जापान) को वृहत जमघट समेत आयोजना गरेको थियो ।

पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको किङ्स लाउञ्ज पोखराले सुपथ मूल्यमा ग्राहकहरुलाई स्वादिष्ट परिकारहरु प्रदान गर्दै आएको छ । बर्थडे, एनिभर्सरी, फेयरवेल लगायतका गेट टुगेदर गर्न आउनेलाई निशुल्क केक उपलब्ध गराउँदै आएको लाउन्जले हरेक बुधबार सञ्चालन हुने लेडिज नाइटमा सहभागि महिलाहरुलाई निःशुल्क ककटेल उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS