IME Life New

कात्तिकसम्म ४ निर्जीवन लघु बीमकको व्यापार रु. २६ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन लघु बीमकले चालु आर्थिक वर्ष कात्तिकसम्म २६ करोड १४ लाख रुपैयाँ बढीको व्यापार भित्रएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ४ महिनामा ४ वटा लघु निर्जीवन बीमकले १ लाख १ हजार ३६१ वटा बीमालेख जारी गर्दै २६ करोड १४ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। सबैभन्दा बढी व्यापार भित्र्याउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले कात्तिकसम्म ३० हजार ६६२ वटा बीमालेख बेचेर ७ करोड ९० लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रो धेरै व्यवसाय भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २२ हजार ९३८ वटा बीमालेख बेचेर ६ करोड ४१ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

तेस्रोमा ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेको छ। कात्तिकसम्म यो कम्पनीले २० हजार ९९२ वटा बीमालेख बिक्री गरेर ५ करोड ९३ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

चालु आर्थिक वर्षको ४ महिनामा स्टार माइक्रो इन्स्योरेन्स २६ लाख ७६९ वटा बीमालेख बेचेर ५ करोड ८९ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS