IME Life New

काठमाडौं बाहिर अब दैनिक एक हजार कोभिड १९ जाँच हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपत्यका बाहिर अव दैनिक एक हजार जनको कोरोना (कोभिड १९) जाँच हुने भएको छ । सरकारले तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका दिर्घकालीन ल्याव र स्तरउन्नती गर्नुपर्ने स्थानमा प्रोटेवल पिसिआर ल्याव बाट जाच सुरु गर्न लागेको हो ।

हाल उपत्यका बाहिरको लागि धरानमा परिक्षण सुरु भइसकेको छ भने हेटौडामा रहेको किटजन्य रोग अनुसन्धान केन्द्रको ल्याव तत्काल संचालन गर्न सक्ने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ । अन्य प्रदेशकोलागि आइतवार चिनबाट आएका प्रोटेवल ल्याव पठाउने तयारी गरेको छ । चिनबाट ल्याएको पाचओटै प्रोटेवल पिसिआर मेसिन सहि अवस्थामा रहेको र तत्कालै प्रदेशमा पठाउने तयारीमा रहेको कोविड १९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए।

Esewa
Crest

‘हामीले धरानबाट परिक्षण सुरु गरीसकेका छौ ।’ उनले भने ‘अब स्थायी ल्याव संचालन गर्न स्तरउन्नती गर्नुपर्ने ठाउमा आइतवार ल्याइएका मेसिन पठाएर तत्कालै परिक्षण सुरु गर्छौ ।’ मेसिन गएसंँगै अव उपत्यका बाहिरबाट दैनिक एक हजार जना सम्मको कोविड १९को जान हुनसक्ने उनको भनाइ छ । खनालले उपत्यका बाहिर स्तरउन्नती गरी कोविड १९ परिक्षण गर्न सक्ने प्रयोगशालाको अध्ययनका लागि टोली गइसकेको जानकारी दिए । मंगलबार बाट पोखरामा प्रोटेवल मेसिनबाट कोविड १९ जाच सुरु गरी सकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले जाँचलाई तिव्रता दिन प्रदेश २ को जनकपुर, प्रदेश ५ को बुटवल, कर्लाली प्रदेशको सुर्खेत र सुदुर पश्चिमको धनगढीबाट तत्काल प्रोटेपवल पिसिआर बाट जाच सुरु गर्ने तयारी गरेको छ ।प्रोटेवल पिसिआर बाट परिक्षण सुरु संगै प्रदेश २ मा जनकपुर अस्पतालमा रहेको ल्याबलाइ स्तरउन्नती गरी संचालनमा ल्याउन जनशक्ती पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी बागमती प्रदेशमा काठमाडौ बाहिर हेटौडामा रहेको किटजन्य रोग नियन्त्रण केन्दै्रमा रहेको प्रयोगशालाइ प्रयोगमा ल्याउन विज्ञको टिम आइतवार नै त्यता गइसकेको खनालले जानकारी दिए ।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रयोशगाला, प्रदेश ५ मा प्रदेश अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जको ल्यावलाइ स्तर उन्नती गरी संचालनमा ल्याउने मन्त्रालयको तयारी रहेको छ । त्यस्तै कणली प्रादेशीक अस्पताल र शुदुर पश्चिीम प्रादेशीक अस्पतालमा पनि ल्याव स्तरउन्नती गर्न टोलि खटिइसकेको मन्त्रालयका निति योजना महाशाखा प्रमुख डा गुणराज लोहोनीले जानकारी दिए ।

आइतवारबाट परिक्षण सुरु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अहिले एक चरणमा १२ जनाको स्वाव पिसिआर गर्न सकिने प्रतिष्ठानका कार्यवहाक उपकुलपती प्रा.डा गुरु खनालले जानकारी दिए । उनले आवश्यकता परे एक पटकमा २४ जना सम्मको परिक्षण गर्न सकिने जानकारी दिए । ‘अहिले हामीले एक पटकमा १२ बटा जाँच गर्न सक्छौ ।’ उनले भने ‘आवश्यक परे थप १२ को गर्न सक्नेगरी तयार हुदैछ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS