IME Life New

काठमाडौंमा सम्पत्ती बीमालाई अनिवार्य गर्न अध्यक्ष सिलवालको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्पत्ति बीमालाई काठमाडौंमा समेत अभियानका रूपमा अगाडि बढाउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेरै महानगरभित्रका व्यवसायिक भवन तथा घरको निर्माण सम्पन्न प्रमाणपत्र लिँदा र कर तिर्दा सँगसँगै भवन तथा घरको बीमा गर्नूपर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् । साथै, उनले व्यवसाय, पसल र गोदाम संचालनको अनुमति दिँदा तिनको समेत अनिवार्यरूपमा बीमा गर्नुपर्ने व्यवस्था गर्न आग्रह गरेका हुन् । सम्पत्ति बीमाबाट भविष्यमा भूकम्प, आगलागी, हावाहुरी, बाढी, पहिरा लगायतका विपत्तिका कारण हुने क्षतिको आर्थिक सुरक्षा हुने बताए ।

Esewa
Crest

अध्यक्ष सिलवालले बीमा समितिले स्थानीय तहमा बीमा सचेतना कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाएको जानकारी दिदै काठमाडौंमा पनि वडास्तरमा बीमा सचेतना कार्यक्रम संचालनका लागि सहकार्य गर्न समिति तत्पर रहेको जानकारी दिए ।

भेटका अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाभित्रका व्यवसायिक भवन, घर, पसल, गोदाम, व्यवसाय लगायतका सम्पत्तिको बीमा गर्नुपर्ने व्यवस्था लागू गर्न तत्पर रहेको बताए । उनले सम्पत्ति बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू संचालनका लागि बीमा समितिसँग सहकार्य गर्न महानगरपालिका इच्छुक रहेको बताए ।

भेटका अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरू पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र  महानगरपालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS