IME Life New

ओरिएन्टल इन्स्योरेन्सको करिब पौने ८८ करोडको व्यापार, विशेष जगेडामा १.६९ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म १९ करोड ७५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ७६ करोड ५२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ र अन् इक्विटीमा ६० करोड २७ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ९३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिटेन्ड अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १ अर्ब ७६ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १२३.५२ प्रतिशतले बढेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ८७ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७५ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.९६ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४६ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS