IME Life New

ओम्नी ग्रुपले भन्योः सामान गुणस्तरीय छन्, मूल्य प्रचलित नै हो, हिजोका विरोधीहरु आज कहाँ बेपत्ता छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना महामारीको समयमा महंगो मूल्यमा स्वास्थ्य सामग्री खरिद गरेको भन्दै भ्रष्टाचारको अभियोग लागेको ओम्नी समुहको तर्फबाट बक्तव्य प्रकाशित गर्दै हिजो सस्तो मूल्यमा सामान ल्याउने भन्दै विरोध गर्ने, बक्तव्यबाजी गर्नेहरु आज कहाँ छन् ? भन्दै प्रश्न गरेको छ ।

कुनै सम्बन्ध नदेखिएको तर, ओम्नी ग्रुपको तर्फबाट भन्दै जारी गरिएको बक्तव्यमा आफूहरुले प्रचलित मूल्यमा नै सामान आपूर्ति गरेको दावी गरिएको छ । ओम्नी ग्रुपको तर्फबाट भन्दै जारी बक्तव्यमा ओविसिआईको लेटरप्याडमा जारी गरिएको छ । सो कम्पनी २०६३ सालमा कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भएको भेटिएको छ । ओम्नी ग्रुपको वेभसाईटमा ओविसिआई सिस्टर कम्पनी भएको कही कतै उल्लेख छैन । स्रोत अनुसार ओम्नी ग्रुपले बक्तव्य जारी गर्न ओम्नी ग्रुपको साटो ओविसिआई सुरक्षित ठानेकाले नयाँ कम्पनी प्रतिक्षा गर्न आएको छ ।

Esewa
Crest

महाविपत्तिको समयमा भ्रष्टाचार भयो भन्दै चर्को विरोध गर्नेहरु आज कहाँ छन् ? बक्तव्यमा विरोध गर्नेहरुलाई प्रश्न गरिएको छ । ओबिसिआईद्वारा जारी बिज्ञप्तिमा ओम्नी ग्रुपले पटक पटक स्वास्थ्य सेवा विभागसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको समेत जनाएको छ । साथै ओम्नी ग्रुपले आफूले आपूर्ति गरेको कुनै पनि सामानको गुणस्तर न्यून भए त्यसको जिम्मेवारी लिन तयार समेत समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS