IME Life New

एसईईका विद्यार्थीलाई खुशीको खबर, डिसहोमबाट निःशुल्क तयारी कक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं– डिसहोमले एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै तयारी कक्षा प्रसारण गर्ने भएको छ । तयारी कक्षाको प्रसारण डिसहोमको शोकेस २ च्यानलमार्फत गर्ने कम्पनीले जनाएको छ ।

डिसहोम लिएका तर शुल्क नतिरी लाइन काटिएका सेवाग्रहीले भने हेर्ने पाउने छैनन् ।

Esewa
Crest

डिसहोमको सोकेस २ च्यानलमा मात्र प्रसारण गरिने तयारी कक्षा यही पुस १ गतेदेखि फागुन मसान्तसम्म संचालन हुनेछ।

‘उज्वल भविष्य’ भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको एसईई तयारी कक्षामा विद्यार्थीहरुले घरमै बसेर अंग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन् ।

नेपाल सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाहरुले विद्यार्थीहरुको पढाईमा थप सहयोग पुग्ने डिसहोमले जनाएको छ ।

जस अनुसार अंग्रेजी विषयको कक्षा विहान ६ः३० बजे, गणित विषयको कक्षा विहान ७ः३० बजे र विज्ञान विषयको कक्षा विहान ८ः३० बजे प्रसारण गरिनेछ। तिनै कक्षाहरु दिउँसो क्रमशः १२ः३०, १ः३० र २ः३० बजे र तथा साँझ ६ः३०, ७ः३० र ८ः३० बजे क्रमशः पुनः प्रसारण हुने डिशहोमले जनाएको छ ।

डिशहोमका बिक्री प्रमुख रमेश सापकोटाले भने, “हामी केवल मनोरन्जनमा सीमित छैनौ । एक जिम्मेवार टिभी च्यानल प्रसारण संस्था भएको नाताले यो देश र देशका भविष्यहरु प्रति हाम्रो उत्तरदायित्व छ भन्ने राम्ररी बुझेका छौं । यसैले एसईइ दिने विद्यार्थी भाइबहिनीहरुलाई परीक्षाको तयारी गर्न सजिलो होस् भनेर यस वर्ष पनि एसईइ तयारी कक्षाको विशेष प्रसारण शुरु गरेका हौं “।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS