IME Life New

एभरेष्ट इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन सम्बन्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बर्दिया । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय बर्दियाको आयोजनामा कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन सम्बन्धि तालिम सम्पन्न भएको छ । उक्त तालिम तीन दिनसम्म संचालन भएको थियो ।

उक्त तालिममा जिल्लाको आठ वटै स्थानीय तहबाट सहभागीहरुले सहभागिता भएका थिए । कम्पनीले मुल्याङ्कनकर्ताको दक्षता अभिवृद्धि गरी स्वरोजगारको अवसर सृजना गर्ने उदेश्यले तालिम संचालन गरेको जनाएको छ ।

Esewa
Crest

सहभागिहरुलाई बीमा समितिकी सह निर्देशक श्रद्धा श्रेष्ठले जोखिम र बीमा सम्बन्धि जानकारी गराएकी थिईन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनी केन्द्रिय कार्यालयकी पुर्ण कुमारी श्रेष्ठले बीमाका आधारभुत सिद्धान्तको बारेमा विस्तृत जानकारी गराएकी थिईन् ।

त्यसैगरी कार्यक्रममा एकिकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख बिनोद घिमिरेले कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कन कसरी गर्ने जानकारी गराएका थिए भने पशुपन्छी बीमा क्षति मुल्याङ्कन के कसरी गर्ने विषयमा डाक्टर सुमन खनालले बताएका थिए ।

कृषि जेटिए तथा भेटेनरी अध्ययन गरेका ४५ जना प्राविधिकहरुले तालिममा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS