IME Life New

एभरेष्ट इन्स्योरेन्सको अवैधानिक कारोबार : नेप्सेले बोर्डलाई बल्ल पत्र लेख्यो ‘कारोबार खोल्ने निर्देशन पाऊँ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ ले अवैधानिक रुपमा कारोबार गराइरहेको एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको कारोबारलाई बैधानिक बनाउन भन्दै नेपाल धितोपत्र बोर्डलाई पत्र काटेको छ। नेप्सेले नियम विपरित दोस्रो बजारबाट संस्थापक शेयरलाई पनि सर्वसाधारणको जस्तै गरि कारोबार गराउदै आएको छ।

नेप्सेले नेपाल धितोपत्र बोर्ड, बीमा समिति र एभरेष्ट इन्स्योरेन्सको कुनै पनि आधिकारिक पत्र तथा निर्देशन विनानै कारोबार खुला गरेपछि बैधानिकताको प्रश्न उठेको हो। नेप्सेको बदमासीले प्रचलित ऐन कानुन विपरित एभरेष्टको संस्थापक शेयर पनि सर्वसाधारणको जस्तै गरि कारोबार भैरहेको छ।

Esewa
Crest

बोर्डको कुनै पनि निर्देशन विनानै कारोबार खुला गरे पछि नेप्सेले ‘कारोबार खुला गर्ने निर्देशन पाऊँ’ भन्दै पत्र पठाएको छ। नेप्सेले आफुखुसी कारोबार खुला गर्यो तर अहिले भने पत्र लेखेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए। नेप्सेको पत्र सँगै यस विषयमा छलफल सुरु भएको उनले बताए। उनले भने ‘संस्थापक शेयरको पनि दोस्रो बजारबाटै सजिलै कारोबार भैरहेकोले यस विषयलाई बैधानिक बनाउन नियामक निकाय बीमा समिति सँग छलफल गर्नेछौ।’ तर यस विषयमा बीमा समिति आफै अन्योलमा छ।

आवस्यक निर्देशन जारी गर्न नसक्दा समिति नियमन गर्न चुकिरहेको छ। बीमा समितिले जारी गरेको निर्देशिका तथा कानुनहरुमा स्पष्ट सँग कम्पनीको संस्थापक र सर्वसाधारण शेयरधनी रहने व्यवस्था रहेकाले नेपाल धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक र सर्वसाधारण शेयरधनी संरचना बनाउन निर्देशन दिएको थियो। बोर्डको निर्देशन पछि कम्पनीले तत्कालिन चुक्ता पुँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्यो। सोहि हकप्रद शेयरबाट कायम शेयरधनी नै संस्थापक शेयरधनी हुने प्रवन्ध मिलाइयो।

यसमा १०/२० कित्ते सर्वसाधारण शेयरधनीले पनि हकप्रद शेयर खरिद गरे। थोरै शेयर भएका संस्थापक शेयरधनीले नेप्सेमा सर्वसाधारणको जस्तै गरि कारोबार गर्न पाउनु पर्ने भन्दै दवाव दिएका थिए। उनिहरुको दवाव केहि हदसम्म जायज पनि हो। तर नेप्सेले लगानीकर्ताको दवाव भएको भन्दै गैरकानुनी रुपमा कारोबार खुला गरिदियो।

प्रचलित कानुन अनुसार बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले संस्थापक शेयरधनीको कारोबार अन्य सर्वसाधारणको जस्तै गरि कारोबार गर्न पाउदैनन्। संस्थापक शेयरधनीको कारोबारका लागि कम्पनीको सञ्चालक समिति तथा नियामक निकायबाट स्वीकृति लिनु पर्छ। नेप्सेले कम्पनी तथा शेयरधनीको प्रभावमा परेर आफुखुसी स्वाट्ट कारोबार खुला गरिदिए पछि बैधानिकतामाथि प्रश्न उठेको हो।

सर्वसाधारण शेयरधनीहरुले यस विषयलाई लिएर धेरै दवाव दिए पछि आफुले कारोबार खुलाएको नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिं साउदले इन्स्योरेन्सखवरलाई जानकारी दिए। जवकी साउद पनि प्रचलित ऐन कानुन र नियमन भन्दा माथि गएर काम गर्न पाउदैनन्।

एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरधनीको संरचना फरक हिसावले बनेको छ। हकप्रदबाट १०/२० कित्ताको संस्थापक शेयरधनी बनेका छन्। उनिहरुलाई कारोबार गर्न बास्तवमै गाह्रो हुन्छ। तर बीमा समिति, नेपाल धितोपत्र बोर्ड र कम्पनी सँग आवस्यक छलफल गरेर के कसरी कारोबार गर्ने भन्दै आधिकारिक निर्णय विनानै स्वेच्छिक हिसावले कारोबार खुला गर्दा नेप्सेलाई कानुनी प्रश्न उठेको हो।

निश्चित प्रतिशत भन्दा माथिको संस्थापक शेयर कारोबार गर्न नपाउने वा कुनै एक किसिमको मोडालिटी बनाउनु पर्ने थियो। संस्थागत सुशासन विपरित कारोबार खुला हुँदा नेप्से आफै समस्यामा परेको हो।

एभरेष्ट इन्स्योरेन्सको दोस्रो बजारमा संस्थापक शेयरको अवैधानिक कारोबार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS