IME Life New

एभरेष्ट इन्स्योरेन्सका सिइओको पुनर्नियुक्तीलाई बीमा समितिले दियो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमको पुनर्नियुक्तिको प्रस्तावलाई स्वीकृति दिएको छ । केहि दिन अगाडि कम्पनीको सञ्चालक समितिले उनलाई थप एक कार्यकालको लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको थियो ।

सत्र्चालक समितिको उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृति भए सँगै उनको पुनर्नियुक्ति पक्का भएको छ । कम्पनीले गौतमलाई २०७४ असारमा ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

Esewa
Crest

नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर सुरु गरी हिमालयन, एनआईसी एसिया, एनबि, सनराबइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही गौतमले २६ वर्षको बैंकिङ अनुभव संगालेका छन् । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसीसीमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हालेका गौतमले एभरेष्टमा आउनका लागि राजिनामा दिएका थिए ।

समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवं व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । समस्या ग्रस्त अवस्थाबाट गुज्रिएको एभरेष्ट इन्स्योरेन्सलाई पनि गौतमले चार वर्षे कार्यकालमा प्रतिस्पर्धी कम्पनीको रुपमा उभ्याएका छन् । बीमा समितिको पूँजी बृद्धि योजनालाई पुरा गर्न सफल गौतम बीमा क्षेत्रमा पनि दक्ष ठहरिएका छन् । बैंक र बीमा क्षेत्रमा तीन दशकको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS