IME Life New

एनसेलको डाटासँगै बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एजियाटाले आफ्नो ग्राहकलाई स्वास्थ्य उपचार बीमा सेवा समेत उपलब्ध गराएको छ।

डाटासँगै बीमा पनि अभियान अन्तर्गत हिमालयन जनरल इन्स्योरेन्ससँगको सहकार्यमा डाटा प्याक खरिद गर्ने ग्राहकलाई अधिकतम १०‌ हजार रुपैयाँ सम्म उपचार खर्च भुक्तानी दिने गरी प्रवद्धनात्मक कार्यक्रम ल्याएको हो। यस योजना अन्तर्गत एनसेलका ग्राहकले ३ दिनको लागि मान्य‌‌ हुने १००‌ एमबि डाटा ३०‌ रुपैयाँमा खरिद गरेपछि दैनिक १‌हजार रुपैयाँको दरले अधिकतम १०‌ हजार रुपैयाँ सम्म उपचार खर्च दाबी भुक्तानी प्राप्त गर्नेछन्।

Esewa
Crest

बीमा अवधि डाटा प्याक लिएको ३० दिनसम्म मात्र कायम रहनेछ। उपचार खर्च दाबी गर्न सम्बन्धित व्यक्ति कम्तीमा एक रात अस्पताल भर्ना भएकै हुनुपर्छ। साथै यसरी भर्ना भएवापत बढीमा‌ १०‌ दिन वा वास्तविक भर्ना अवधिमध्ये जुन कम‌ हुन्छ,त्यसैको आधारमा दाबी भुक्तानी प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS