IME Life New

एनएलजी इन्स्योरेन्सको १०% बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको गत साउन २१ गते सम्पन्न १५औं साधारण सभाबाट पारित १० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । कम्पनीको उक्त बोनश शेयर नेप्से र सिडिएसमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ ।

कम्पनीले साउन १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर जम्मा गरिदिएको छ भने सो मिति पछि अभौतिकीकरण गराएका शेयरधनीको हकमा कम्पनीले क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण यथाशिघ्र गराउन आग्रह गरेको छ ।

Esewa
Crest

साउन १३ गतेसम्म शेयर धितोमा बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS