IME Life New

एनआरएन इन्फ्रास्टक्चरको साधारणसभा माघ २५ गते, के के छन् प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आठौं वार्षिक साधारणसभा माघ २५ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको गत पुस १५ गते बसेको बैंठकले अकामा होटल, सुकेधार काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । उक्त भा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूँजीको २ दशमलव ८५ प्रतिशत बोनस शेयर र ० दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७६/७७ को वार्षिक नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनीका संस्थापक शेयरधनीहरुको तर्फबाट ६ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पेश गर्दैछ ।

साधारणसभा प्रयोजनको लागि माघ १२ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गरिनेछ । त्यकारण माघ ११ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS