IME Life New

एनआरएनएद्धारा बाढी पहिरो पीडित राहत कोष स्थापना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए।

विश्वभर रहनुभएका नेपालीसँग कोषमा सहयोग गर्नका लागि आग्रह गर्दै उनले यही साउन महिनासम्म राहत सङ्कलन गरिसकेर वितरण गरिने बताए। कोषमा सहयोग रकम जम्मा गराउनका लागि बिभिन्न देशमा रहेका सङ्घका राष्ट्रिय समन्वय परिषद्लाई पनि आग्रह गरिएको उनले उल्लेख गरे ।

Esewa
Crest

कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय समन्वय परिषद्को बैंक खातामा वा सिधै आइसिसीको खातामा सहयोग रकम जम्मा गर्नसक्ने सङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS