IME Life New

एक वर्षमा लघु जीवन बीमकको करिब १७ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ को असार मसान्तसम्ममा लघु जीवन बीमकले करिब १७ करोड रुपैयाँबराबरको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा वर्षमा ३ वटा लघु जीवन बीमा कम्पनीले १ लाख ६ हजार ८५७ वटा बीमालेख जारी गर्दै १६ करोड ९७ लाख ८३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

व्यापारको हिसाबले क्रेष्ट माइक्रो लाइफ अगाडि देखिएको छ। यो कम्पनीले ५८ हजार ८६६ वटा बीमालेख जारी गर्दै ९ करोड ७६ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी असार मसान्तसम्म गार्डियन माइक्रो लाइफले ३० हजार ७१२ वटा बीमालेख जारी गर्दै ४ करोड २२ लाख ३६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

लिबर्टी माइक्रो लाइफले भने यो एक वर्षको अवधिमा १७ हजार २७९ वटा बीमालेख जारी गर्दै २ करोड ९९ लाख २ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS