IME Life New

आवश्यक कागजपत्र पेस गरी तत्काल बीमादाबी लिन आउन नेको इन्सुरेन्सको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्सुरेन्सले बीमादाबीसम्बन्धी आवश्यक कागजपत्र पेस गरी तत्काल दाबी लिन आउन आह्वान गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। कम्पनीबाट जारी बीमालेखअन्तर्गत पर्न आएका बीमादाबी सम्बन्धमा क्षति मूल्यांकनका लागि बुझाउन बाँकी आवश्यका कागजपत्र सम्बन्धित सर्भेयरलाई वा कम्पनीमा अन्तिम दाबी फर्छयौटका लागि माग गरेको सूचनामा उल्लेख छ। ‘तर, बुझाउन बाँकी भएका बीमादाबीसम्बन्धी आवश्यक कागजपत्र कम्पनीको केन्द्रीय कार्यालय वा शाखा कार्यालयमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बुझाइ बीमादाबी फर्छ्यौट समयमा नै गरी लिनका लागि सम्बन्धित बीमित वा बीमा दाबीकर्तालाई आग्रह गर्दछौँ’, सूचनामा भनिएको छ।

Esewa
Crest

तोकिएको समयावधिसम्म पनि कागजपत्रहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS