IME Life New

आठ महिनामा लघु निर्जीवन बीमकको कुल बीमाशुल्क आर्जन सवा १० करोड माथि, सर्वाधिक व्यापार गर्नेमा नेपाल माइक्रो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष ८ महिना फागुनसम्म सवा १० करोड रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म हाल सञ्चालनमा रहेका तीनवटा लघु निर्जीवन बीमकले १० करोड ३२ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो ८ महिनाको अवधिमा यी कम्पनीले ४५ हजार ३५८ वटा बीमालेख जारी गरेका छन्।

लघु निर्जीवन बीमकमध्ये सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले फागुनसम्म ४ करोड ९० लाख ९५ हजार रुपैयाँ कुलबीमा शुल्क आर्जन गरेका छन्। यो कम्पनीले फागुनसम्म २६ हजार २४३ बीमालेख जारी गरेको छ।
यसैगरी दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले फागुनसम्म ९ हजार १५० वटा बीमालेख बेचेर ३ करोड ४८ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

लघु निर्जीवन बीमकमध्ये स्टार माइक्रो इन्स्योरेन्स ९ हजार ९६५ वटा बीमालेख जारी गरेर १ करोड ९४ लाख ६५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

फागुनमा मात्रै भने नेपाल माइक्रो इन्स्योरेन्सले ५ हजार ९५१ वटा बीमालेख जारी गरेर १ करोड २५ लाख ९५ हजार रुपैयाँ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ हजार २७७ वटा बीमालेख जारी गरेर १ करोड १५ लाख ९ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले ४ हजार २४९ वटा बीमालेख जारी गरेर ८७ लाख १४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS