IME Life New

आजसम्म शेयर किन्नले प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १२ गते बुक क्लोज गर्ने निर्णय गरेकाले फागुन ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले २७ औं वार्षिक साधारण सभा फागुन २३ गते गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैंठकले उक्त सभा कम्पनकिो केन्द्रीय कार्यालय प्रभु क्म्प्लेक्स तिनकुनेमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ साल असार मसान्तको वासलात, आथिृक वर्ष २०७८ /७९ को नाफा नोक्सान, हिसाब एवम सोही अवधिको नगद प्रवाह, नाफा नोक्सान हिसाब बाँडफाँड लगायत वार्षिक वित्तीय विवरण पारित गर्नेछ ।

संचालक समितिबाट प्रस्ताव गरेबमोजिम ६ दशमलव ७० प्रतिशत बोनश शेयर र बोनशमा लाग्ने कर प्रयोजका लागि ० दशमलव ३५ प्रतितश नगद लाभांश पारित गर्नेछ । आर्थिक वर्ष २०७९ /८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बोनश शेयर जारीपछि कम्पनीको पूँजी बृद्धि हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सोही हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने, भनिष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने, चलअचल सम्पति र दायित्व मुल्याङकन गर्नका लागि मुल्याङकनकर्ता नियुक्ती गर्ने, निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

विशेष प्रस्तावको संशोधनबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संशोधन गर्न निर्देशन वा सुझाव आएमा सोही बमोजिम संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS