IME Life New

आजबाट प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस २६ गतेदेखि संस्थापक समुहको शेयर लिलामीमा प्रक्रियाबाट विक्री गर्ने भएको छ ।  कम्पनीको ५ लाख ३८ हजार ९ सय ६५ कित्ता शेयर लिलामी प्रक्रियामार्फत विक्रीमा राखेको हो ।

उक्त शेयरमा आज पुस २६ गतेदेखि माघ १० गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ३९५ तोकेकाले इच्छुक लगानीकर्ताले कम्तिमा पनि प्रतिकित्ता ३९५ रुपैयाँ बोलकबोल गर्नुपर्ने हुन्छ। ईच्छुक लगानीकर्ताले आफुले लिन चाहेको मुल्य र कित्ता खुलाएर आबेदन दिनुपर्नेछ।

Esewa
Crest

आवेदन दिंदा न्युनतम ५ सय कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। शेयरमा विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्था वा जो कोहि योग्य व्यक्तिले बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै, आवेदन दिनको लागि नियामक निकायबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रपर टेस्टको विवरण, कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बर (प्यान) को प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS