IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा अनुपालन तथा एएमएल/सीएफटी तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन १० गते अनुपालन तथा एएमएल /सीएफटी तालिम सम्पन्न गरेको छ । कम्पनीले बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, तथा बाग्मति प्रदेश अन्तर्गत काठमाडौँ उपत्यका भित्रका शाखा प्रबन्धकहरु समेतको सहभागितामा कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/ सीएफटी तालिम तथा सेमिनार सम्पन्न गरेको हो ।

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकहरुलाई अनुपालन तथा एएमएल /सीएफटी को बारेमा विस्तृत रुपमा जानकारी गराए ।

Esewa
Crest

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिएको निर्देशन त्यसै गरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।

सोही अवसरमा श्रेष्ठले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरुलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS