IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा आगलागीबाट क्षति भई विस्थापित परिवारलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आगलागीबाट क्षति भई विस्तापित परिवारलाई सहयोग गरेको छ । कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति भई उक्त गाउका २६ परिवार पूर्ण रुपमा आगलागीबाट क्षति भई विस्तापित भएको हुँदा उक्त परिवारको अवस्था हालसम्म नाजुक भएकोले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रबाट आवश्यक सहयोगका लागी अनुरोध आएकोमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

क्षति भएका विस्तापित परिवारलाई कम्पनीले ४२ थान सिरक खरिद गरी कम्पनीको केन्द्रिय कार्यालय, नक्साल काठमाडौंमा एक कार्यक्रम आयोजना गरि सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई उक्त सहयोग हस्तान्तरण गरे ।

Esewa
Crest

सोही अवसरमा क्षति भई विस्तापित भएका परिवारलाई सहयोग गर्न पाएकोमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई प्रमुख कार्यकारी अधिकृतले धन्यवाद प्रदान गरे ।

यस सहयोगमार्फत प्रभावित समुदायको दैनन्दिन जीवनमा केही राहत पु¥याउन र पुनर्निर्माणमा सघाउन कम्पनीले ठोस कदम चालेको हो । उक्त अवसरमा कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष श्री टेकराज शाहीज्युले पनि पीडितहरूको राहतका लागि गरिएको यस प्रयासको प्रशंसा गर्दै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग पाएकोमा खुशी व्यक्त गर्दे धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS