IME Life New

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र हस्पीटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) का बिचमा नगद रहित सेवाका सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सेवा पाउने छन् ।

Esewa
Crest

साथै, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग भएको सम्झौता अनुसारको सेवा बिस्तारमा सक्रिय भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

अस्पताल र अस्पतालसंग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायतका आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS