IME Life New

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद भर्ने माघ २१ गते सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको लगाएत मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

Esewa
Crest

हाल आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS