IME Life New

असोज दोस्रो सातादेखि भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सुरु हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिवल शपिगं मार्केट सञ्चालन हुने भएको छ । चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिवल मार्केट सञ्चालन गर्ने भएको छ।

Esewa
Crest

‘अफरै अफरको ब्यापारिक भेला, शपिगं गर्ने यहि हो बेला’ भन्ने नाराका साथ सञ्चालन हुने फेस्टिवल मार्केटमा घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, खाद्यान्न, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने आयोजक संस्था इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले बताए ।

फेस्टिवल मार्केटमा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको विशेष सहभागिता रहनेछ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार जुत्ता मेला फूलपातीसम्म निरन्तर चल्नेछ । अलग्गै डूममा सञ्चालन हुने जुक्ता मेलामा स्पोर्टस, क्याजुअल तथा पार्टी सुजका साथै छालाका पेटीहरु सुपथ मूल्यमा उपलब्ध गराइने बताइएको छ ।

राजधानीका बासिन्दा तथा चाडपर्व मनाउन उपत्यका बाहिर जाने व्यक्तिहरुलाई लक्षित गर्दै एकै ठाउँमा सहज रुपमा आवश्यक सामाग्री खरिद गर्न पाउने अवसर प्रदान गर्न फेस्टिवल शपिगं मार्केट संचालन गरिएको इभेन्ट सोलुसन प्रलिका अध्यक्ष सुनिल भण्डारीले बताए ।

एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् । असोज ९ गतेदेखि संचालन हुने फेस्टिवल सपिंग मार्केट असोज १३ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS