IME Life New

अरुण काबेली पावरको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२६.११ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २७ करोड ५१ लाख रूपैयाँ संचिती रहेको छ ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले विद्युत विक्री मार्फत ३८ करोड ८५ लाख रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा धेरै हो । गत आर्थिक वर्षको सोहीअवधिसम्ममा कम्पनीले विद्युत विक्री मार्फत ११ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

दोश्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ३६ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १ सय १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS