IME Life New

अब कोशी प्रदेशमा बीमा नगराई निजी तथा सरकारी साधनको नविकरण नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब कोशी प्रदेशमा तेश्रोपक्ष बीमा नगराई सवारी साधनको नविकरण नहुने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आज एक सूचना जारी गर्दै बीमा नगरेको सवारीको दर्ताको प्रमाणपत्र नविरण नगरिने जनाएको छ । त्यस्तो सवारी सावर्जनिक सवारी भए पञ्जिकृत र बाटो इजाजतपत्र नविकरण नगरिने बताएको छ । हाल यातायात कार्यालयहरुमा तेस्रो पक्ष बीमा नगराई सवारी साधनको नविकरण गर्ने गरिएको गुनासो आएकाले अनिवार्य रुपमा तेस्रो पक्ष बमिा गराएर मात्रै सवारी साधनको नविकरण लगायतका कार्य गर्न मन्त्रालयले आग्रह गरेको छ ।

हाल बिभिन्न यातायात व्यवस्था कार्यालयहरुमा सवारी साधनको कर भुक्तानी तथा सवारी दर्ता किताब नविकरण गर्दा तेश्रोपक्ष बीमा नगरी कागजात नबिकरण गरेको पाइएकोले नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कोशी प्रदेशको अनुरोधमा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा अनुगमन गरिएको छ । हालै गठन भएको नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कोशी प्रदेशका पदाधिकारीहरु अध्यक्ष(खड्ग बहादुर श्रेष्ठ (एनएलजी),उपाध्यक्ष प्रदिप बाबु तिवारी (ओरिएण्टल), कोशाध्यक्ष नारायण गौतम (सलिको), सचिब प्रकाश पोखरेल (प्रभु इन्स्योरेन्स) सदस्य सरोज पोखरेल (नेको) इन्स्योरेन्सले उक्त समस्याप्रति आन्तरिक मामिला कानून मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण गराएका थिए ।

Esewa
Crest

उक्त ध्यानाकर्षण पछि आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मी प्रसाद पौडेलले तत्काल निरिक्षण गर्न आदेश जारी गरेका थिए । यससँगै आन्तरिक मामिला तथा कानून मन्त्रालयले अनिवार्य रुपमा तेस्रो पक्ष बीमा गराएर मात्रै सवारी साधनको नविकरण लगायतका कार्य गर्न गराउन आग्रह गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS