IME Life New

अजोड इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने भएको हो ।

कम्पनीले गरेको यस्तो प्रस्ताव कम्पनीको मंसिर ९ गते सम्पन्न भएको साधारण सभाले पारित गरिसकेको तथा नेपाल बीमा प्राधिकरणबाट पनि स्वीकृति प्राप्त भइसकेको कम्पनीले जनाएको छ । संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहानेले सोही अनुसारको निवेदन कम्पनीमा सात दिनभित्र पेश गर्न आग्रह गरेको छ । कम्पनीको प्रधान कार्यालयमा उक्त निवेदन दिन समेत कम्पनीले भनेको छ ।

Esewa
Crest

कम्पनीले तोकेको उक्त मितिमा कुनै पनि निवेदन नआएमा संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न सहमति भएको मानि कम्पनीले शेयर संरचना परिवर्तन गर्ने समेत उल्ल्ेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS