IME Life New

अजोड इन्स्योरेन्सको कृषि पशुपन्छी तथा जडिबुटी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको पर्बत शाखाले पर्वतको फलेवास नगरपालिकामा कृषि पशुपन्छी तथा जडिबुटी सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।अजोड इन्स्योरेन्सको कृषि बिभाग प्रमुख दिपक पोख्रेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि फलेवास नगरपालिका का नगरप्रमुख गंगााधर तिवारी रहेका थिए ।

त्यसैगरी कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा उप प्रमुख शोभा कुमारी क्षेत्रि , प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल , कृषि ज्ञान केन्द्र , पर्वतका प्रमुख मनिता थाप ,भेटेनरी तथा पशु सेवा बिज्ञ केन्द्र पर्वतका प्रमुख रामजि पौडेल र अजोड इन्स्योरेन्सको गण्डकी प्रदेशका प्रदेश प्रमुख गोपाल प्रसाद पौडेलको साथै सो पालिकाका करिब १०० कृषिकहरुको उपस्थिती रहेको थिउो ।

Esewa
Crest

उक्त कार्यक्रमको संचालन अजोड इन्स्योरेन्सको पर्वत शाखाका शाखा प्रमुख बिक्रम ढुंगानाले गरेका थिए । कार्यक्रममा नगरप्रमुख तिवारीले कम्पनीलाइ यस्तो कार्यक्रमको आयोजना गरेको हुँदा धन्यवाद दिदै कार्यक्रम कृषकहरुको लागि महत्वपूर्ण रहेको बताउदै किसानलाइ सास्ती रहित दाबी भुक्तानी गरिदिन आग्रह गरेका थिए ।

त्यसैगरी उपप्रमुख क्षेत्रीले सोही कार्यक्रम मार्फत कम्पनीलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषि ज्ञान केन्द्रबाट कृषि बिमाम अनुदान रहेको तर कृषकहरुको उत्साहपुर्ण सहभागी नरहेको बताइन् । यस वर्ष भेटेनरी तर्फ अनुदान नरहेको कुरा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख रामजि पौडेलले बताए ।

साथै सो कार्यक्रममा एक हप्ता सोहि पालिकामा घुम्ति बीमा कार्यक्रम संचालन गरी रहदा कृषकहरुको पशुपन्छी तथा कृषि बीमा गरिएको हरुलाइ पोलिसी बितरण गरिएको थियो

कार्यक्रममा अजोड इन्स्योरेन्सका कृषि बिभाग प्रमुख दिपक पोख्रेलले कृषकहरुले गरेको सान्दर्भिक प्रस्नहरुको उत्तर उचित ढङबाट दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS