IME Life New

अजोड इन्स्योरेन्सका सिइओ खत्रीको कार्यकाल ४ वर्ष थप, नयाँ कम्पनीलाई उचाइमा पुर्याउन सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कार्यकाल चार वर्ष थप गरेको छ । कम्पनीको बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई एक कार्यकाल थप्ने निर्णय गरेको हो ।

कम्पनीले निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नु अगाडी नै प्रमुख कार्यकारी अधिकृतमा भित्र्याएको थियो । उनले चार वर्षको अवधिमा पुराना कम्पनीहरुलाई पनि टक्कर दिदै निर्जीवन बीमा व्यवसायमा स्थापित गर्न सफल भएका छन् ।

Esewa
Crest

त्रिभुवन बिश्वबिद्यालयबाट ब्यबस्थापन शंकायमा स्नाकोत्तर गरेका खत्रीले नेपाल इन्स्योरेन्स कम्पनीको अधिकृतपदबाट इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । दुई दशक भन्दा बढी इन्स्योरेन्स क्षेत्रमा काम गरिसकेका खत्रीले यस भन्दा अगाडी नेपाल इन्स्योरेन्स, एन बि इन्स्योरेन्स (हालको आइएमइ जनरल इन्स्योरेन्स), लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ब्यबस्थापकीय तहमा रहेर काम गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS