IME Life New

विपद् रोकथाम रणनीतिमा लगानीका लागि जुरिच इन्स्योरेन्सको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुरिच इन्स्योरेन्स ग्रुपले विपद् रोकथाम रणनीतिमा लगानीका लागि आह्वान गरेको छ।

जुरिच इन्स्योरेन्सको ‘जलवायु जोखिमः थप अस्थिर विश्वमा लचिलोपन निर्माण गर्ने रणनीति’ प्रतिवेदनमा यस्तो आह्वान गरिएको हो। चरम मौसम र प्राकृतिक प्रकोपबाट बढ्दो वित्तीय र संरचनात्मक जोखिमलाई सम्बोधन गर्न सम्भावित प्रयासहरु थाल्न पनि जुरिच इन्स्योरेन्सले आग्रह गरेको छ। बढ्दो घाटाको बीचमा पुनरुत्थान र लचिलोपनलाई समर्थन गर्ने उद्योगको भूमिका बीमा कभरेजसँग तालमेल राख्न नसक्ने जुरिच इन्स्योरेन्सले चेतावनी दिएको छ।

Esewa
Crest

प्रतिवेदनअनुसार इन्टरनेसनल चेम्बर अफ कमर्सले विगत एक दशकमा आँधीबेहरी, बाढी र डढेलोले लगभग २ ट्रिलियन डलरको आर्थिक क्षति पुर्याएको खुलासा गरेको छ। ‘सम्भवतः तापक्रममा परिवर्तन, समुद्री सतहमा वृद्धि र वर्षाको ढाँचामा परिवर्तनजस्ता दीर्घकालीन जलवायु परिवर्तनहरूको कारणले गर्दा यी घटनाको आवृत्ति र गम्भीरता बढ्दै गएको छ’, प्रतिवेदनमा भनिएको छ।

जुरिचको ईएमईए र बैंक वितरणका सीईओ एलिसन मार्टिनले बीमा उद्योगले जोखिम व्यवस्थापनमार्फत र पूर्वाधारमा लगानीका लागि आवश्यक पुँजी सहजीकरण गरेर लचिलोपनलाई समर्थन गर्न सक्ने बताइन्। यद्यपि, उनले सरकार, बीमक र समुदायबाट तत्काल सामूहिक कदम चाल्न आवश्यक रहेकोमा जोड दिइन्।

प्रतिवेदनमा नीति निर्माताहरुका लागि तीन मुख्य सुझाव दिइएको छ।

पहिलोः जोखिम रोकथाममा लगानी गर्न गरिएको छ। जसमा बलियो भवन संहिता, राम्रो सहरी योजना र वैज्ञानिक अनुसन्धान तथा तथ्यांक डेटा विश्लेषणमा आधारित राष्ट्रिय रणनीति समावेश छन्।

दोस्रोः प्रतिस्पर्धा र नवीनतालाई प्रोत्साहन गर्ने नीतिगत ढाँचामार्फत बीमाको पहुँच र किफायतीतामा सुधार गर्न सुझाव दिइएको छ।

तेस्रोः उच्च जोखिम क्षेत्रहरुमा बीमा उपलब्धता बढाउन मिश्रित वित्त र पुनर्बीमा पुलजस्ता सार्वजनिक–निजी जोखिम साझेदारी संयन्त्रको विकासका लागि सुझाव दिइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS