IME Life New

जुरिच र हङकङ एयरलाइन्सले ल्याए एकीकृत यात्रा बीमा योजना, यात्रुलाई यस्ता सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जुरिच इन्स्योरेन्स (हङकङ) र हङकङ एयरलाइन्सले यात्रुका लागि बुकिङ र बीमा कभरेज प्रक्रियालाई सरल बनाउन डिजाइन गरिएको नयाँ एकीकृत यात्रा बीमा योजना प्रस्तुत गरेका छन्।

जुरिच एचकेए यात्रा बीमा योजना अब एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडान बुक गर्दा एड–अनका रुपमा उपलब्ध रहेको छ। यो नयाँ योजनाले ग्राहकलाई छुट्टै प्रदायक वा प्लेटफर्ममा स्विच नगरी उनीहरुको उडानको समयमा यात्रा बीमा सुरक्षित गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

Esewa
Crest

यस योजनाअन्तर्गत तीन तहमा आउनेछ—प्रोटेक्ट प्लान, लाइट प्लान र गोफ्लाई प्लान बीमा कभरेज उपलब्ध हुनेछ। जसअन्तर्गत चिकित्सा खर्च (७५० हजार डलरसम्म), यात्रा रद्द वा अवरोध (२० हजार डलरसम्म) र व्यक्तिगत सामान (१० हजार डलरसम्म)का लागि कभरेज समावेश गर्दछ।

एयरलाइनको फर्च्युन विंग्स क्लबका सदस्यहरुले चयन गरिएको स्तरका आधारमा व्यक्तिगत दुर्घटना कभरेजमा थप १ लाख डलरसम्म प्राप्त गर्न गर्न सक्छन्।

जुरिच इन्स्योरेन्स (हङकङ)ले भनेको छ, ‘एकीकृत दृष्टिकोणले ग्राहकको यात्रालाई सरल बनाउने र यात्रा सुरक्षामा पहुँच बढाउने लक्ष्य राखिएको छ।’

कम्पनीका अनुसार प्लेटफर्ममार्फत बीमा खरिद गर्ने प्रक्रिया ५ मिनेटभन्दा कम समयमा पूरा गर्न सकिन्छ।

हङकङ एयरलाइन्सले यो पहलले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने र यात्रु सुरक्षाका लागि थप विकल्प प्रदान गर्ने फराकिलो योजनालाई समर्थन गर्ने जनाएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS