IME Life New

विश्वका अर्बपतिहरुको सम्पत्तिमा सुनामी, जुकरबर्गलाई ठूलो धक्का, मस्कको सम्पत्तिमा भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।

शीर्ष १० धनी व्यक्तिमध्ये एलन मस्क, ल्यारी एलिसन, जेफ बेजोस र फेसबुकका मार्क जुकरबर्गसहित शीर्ष तीनले भारी क्षति व्यहोरेका छन्। मार्क जुकरबर्गको कुल सम्पत्तिमा सबैभन्दा ठूलो गिरावट आएको छ। यस सूचीमा रहेका दुई व्यक्तिले मात्र आफ्नो कुल सम्पत्ति बढेको देखेका छन्।

Esewa
Crest

गत कारोबार दिन अमेरिकी शेयर बजारमा आएको गिरावटले विश्वका शीर्ष अर्बपतिहरुको कुल सम्पत्तिमा प्रत्यक्ष असर पारेको हो। ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले विगत २४ घन्टामा १५.३ अर्ब डलर गुमाएका छन्। जसबाट उनको कुल सम्पत्ति ४५७ अर्ब डलरमा झरेको छ।

फेसबुक–मेटाका संस्थापक मार्क जुकरबर्गले २४ घन्टामा सबैभन्दा ठूलो घाटा व्यहोरेका छन्। जुकरबर्गको कुल सम्पत्ति अचानक २९.२ अर्ब डलरले घटेर २३५ अर्ब डलरमा झरेको छ। सम्पत्तिमा आएको यो गिरावटले उनलाई शीर्ष १० अर्बपतिहरुको सूचीमा पाँचौँ स्थानमा पुर्याएको छ।

एलन मस्कपछि विश्वका दोस्रो धनीव्यक्ति ओरेकलका ल्यारी एलिसनले यस वर्ष शीर्ष अर्बपतिहरुको सूचीमा सबैभन्दा ठूलो छलाङ मारेका छन्। १२४ अर्ब डलर थपेर दोस्रो स्थानमा पुगे। यद्यपि, उनले पनि विगत २४ घन्टामा घाटा व्यहोरेका छन्। ल्यारी एलिसनको कुल सम्पत्ति १९.८ अर्ब डलरले घटेर ३१७ अर्ब डलरमा झरेको छ।

यसैगरी विश्वका तेस्रो धनीव्यक्ति जेफ बेजोसको कुल सम्पत्ति ६.६० अर्ब डलरले घटेर २४६ अर्ब डलर झरेको छ।

सम्पत्तिमा उल्लेखनीय गिरावट आएका अन्य शीर्ष स्थानमा रहेका व्यक्तिहरुमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्ट १९४ अर्ब डलर (२.९५ अर्ब डलर घटेर), आठौँ स्थानमा १८१ अर्ब डलर (५.०२ अर्ब डलर घटेर), नवौँ स्थानमा एनभिडियाका जेन्सेन हुआङ १७६ अर्ब डलर (३.७१ अर्ब डलर घटेर) र दसौँ स्थानमा माइकल डेल १६५ अर्ब डलर (२.७४ अर्ब डलर घटेर) छन्।

शीर्ष १० अर्बपतिहरुको सूचीमा रहेका अर्बपतिहरुका बारेमा कुरा गर्दा ल्यारी पेज चौथो स्थानमा छन्। जसको सम्पत्तिमा पछिल्लो २४ घन्टामा ५.३१ अर्ब डलरले वृद्धि भएर २४४ अर्ब डलर पुगेको छ। छैटौँ धनी सर्गेई ब्रिनले ४.९२ अर्ब डलर बढाएर उनको कुल सम्पत्ति २२८ अर्ब डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS