IME Life New

प्रहरीले गोली चलाएपछि झनै भड्कियो जेनजी आन्दोलन, बढ्दै मृतक र घाइतेको संख्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालहरुमाथि सरकारले प्रतिबन्ध लगाएपछि जेनजीले सोमबार गरेको आन्दोलन हिंसात्मक बनेको छ। योसँगै प्रहरीको गोली लागेर ज्यान गुमाउने र घाइते हुनेको संख्या पनि बढिरहेको छ।

जेनजी आन्दोलन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं बानेश्वरलगायत काठमाडौंका भीआईपी क्षेत्रमा कर्फ्यु आदेश जारी गर्नुका साथै सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्नेलाई रबरको गोली हान्न निर्देशन दिएको छ। जेनजी प्रदर्शनकारीले संसद भवन प्रवेश गरेपछि आन्दोलनले उग्र रुप लिएको हो।

Esewa
Crest

प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो। त्यति गर्दा पनि आन्दोलन नियन्त्रण नभएपछि प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो।

विभिन्न अस्पताल स्रोतबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार ८ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने सयौँ घाइतेको उपचार भइरहेको छ। काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत ५ जना, सिभिल अस्पताल २ जना र केएमसी अस्पतालमा १ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।

अस्पतालहरुमा सयौँको उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS