IME Life New

एआईको मद्दतले प्रयोगकर्ताको उमेर पत्ता लगाउँदै युट्युब, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनलाइन भिडियो सेयरिङ प्लेफर्म युट्युबले एआईको मद्दतले प्रयोगकर्ताको उमेर पत्ता लगाउने भएको छ।

बालबालिकालाई गलत भिडियो सामग्रीबाट टाढा राख्न युट्युबले प्रयोगकर्ताको उमेर पत्ता लगाउने कार्य सुरु गर्न लागेको हो। यो युवालाई सामाजिक सञ्जाल सही तरिकाले प्रयोग गर्न चालिएको एउटा कदम पनि हो।

Esewa
Crest

यो प्रविधिको डिजाइन प्रयोगकर्ता वयस्क हुन् वा बालबालिका भनेर पत्ता लगाउनका लागि गरिएको युट्युबले जनाएको छ। प्रयोगकर्ताले गर्ने क्रियाकलापमार्फत उमेर एआईले पत्ता लगाउनेछ।

हाललाई सीमित अमेरिकी प्रयोगकर्तामा उमेर पत्ता लगाउने यो प्रविधिको परीक्षण गरिने युट्युबले जनाएको छ। आगामी दिनमा यसलाई विश्वव्यापी रुपमा विस्तार गरिने बताइएको छ।

यदि प्रयोगकर्ता बालबालिका रहेको पत्ता लागेमा युट्युबले स्वतः सुरक्षा संयन्त्र अपनाउनेछ। योसँगै केही संवेदनशील र गलत सामग्रीमा बालबालिकाको पहुँच बन्द गरिनेछ।

प्रयोगकर्ताले आफू बालबालिका नभएको प्रमाणित गर्न सरकारी परिचयपत्र, क्रेडिट कार्ड र उमेर खुल्ने प्रमाणपत्र अपलोड गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS